शप्तकोशी नदीमा पानीको बहाब अत्याधिक बढ्यो, गोबरगाँडा गाउँ सम्पर्क बिहिन

शप्तकोशी नदीमा पानीको बहाब अत्याधिक बढ्यो, गोबरगाँडा गाउँ सम्पर्क बिहिन

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ १० साउन ।  

शप्तकोशी नदीमा पानीको बहाब बढेपछि सप्तरीको गोबरगाँडा गाउँ सम्पर्क बिहिन बनेको छ । नदीले चारैतिरबाट घेरिएको उक्त गाउँमा आवत जावत बन्द भएको छ ।

गाउँमा मोबाइल सम्पर्क समेत बिच्छेद भएको जिल्ला विकास समितिका सहजकर्ता सन्जय यादवले बताउनु भएको छ । दुई सय परिवारको बसोबास रहेको उक्त गाउँका एक सय ५० परिवार यसअघि नै अन्यत्र सरिसकेको यादवले बताउनु भयो ।

यसैबीच घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन् । निरन्तरको वर्षाका कारण त्यस क्षेत्रमा अहिले पनि पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

नाल्बो ५ मा पहिरो झर्दा श्यामबहादुर सावा लिम्बु, समिर नाल्बो लिम्बु, सन्जमान सेरेङ चोम्वाङ लिम्बु र मनिहाङ सेरेङ चोम्वाङ लिम्बुको परिवार विस्थापित भएका हुन् ।

पहिरोले श्यामबहादुरको घर भत्काएको छ भने बाँकिको घर नजिकैबाट पहिरो गएकाले उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ