प्रधानमन्त्री केपी शर्मा ओलीले केहिबेरमा राजिनामा दिदै

प्रधानमन्त्री केपी शर्मा ओलीले केहिबेरमा राजिनामा दिदै

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,९ साउन ।

प्रधानमन्त्री केपि शर्मा ओलीले राजिनामा दिने तयारी गर्नुभएको छ । संसदमा अविश्वास प्रस्तावमा आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिने तयारी गर्नुभएको स्रोतले जनाएको छ ।

अविश्वासप्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै संसदमा राजिनामा दिने ओलीको तयारी रहेको बताईएको छ । उहाको राजिनामाबारे आज दिउसो बसेको मन्त्रिपरीषद बैठकमा पनि छलफल भएको जनाईएको ।

बैठकमा समेत प्रधानमन्त्री ओलीले आफुले अविश्वास प्रस्तावमा बोलेलगत्तै संसदमा राजीनामा घोषणा गर्न लागेको जानकारी गराउनुभएको बताईएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिए अविश्वास प्रस्ताव संसदमा निर्णयार्थ पेश हुनेछैन । यसअघि  व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची तय गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ