काठमाण्डौ ,९ साउन ।
काग्रेस सांसदले अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा ओली नेतृत्वको सरकारले राज्य संयन्त्रमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।
सांसद रामशरण महतले आफ्नै बोझले वर्तमान सरकार ढल्न लागेको भन्दै नाकाबन्दी सरकारले नभएर जनताले खुलाएको बताउनु भयो ।
लोकप्रियताका लागी वितरणमुखि वजेट ल्याएको भन्दै महतले राजश्व भन्दा साधारण खर्च बढी भएको वजेटले देशको अर्थतन्त्रमा नै नकारात्मक असर गर्ने धारणा राख्नुभयो ।
आफ्नै पालमा चीनसँगको नाका खोल्न बजेट छुट्याएको भन्दै महतले कुनै काम हुन नसकेको , लिपुलेकबारे कुनै पहल नगरेको , बैदेशिक सम्बन्धका संबेदनसिल बिषयमा कुटनितिक पहल नगरी सडकमा भाषणमात्रै गरेर हिडेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताउनु भयो ।
संविधान कहिल्यै पनि पुर्ण दस्तावेज हुन नसक्ने भन्दै सिटौलाले सरकारले आन्दोलन गरिरहेका दललाई बुझाउन नसकेको बताउनु भयो ।
कांग्रेसकै महेश आचार्यले सत्ताबाट निस्कने बेलालाई पीडादायी नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।
नेता आचार्यले धेरै उन्मादमा सत्तामा जाने र ओर्लिँदा विसाद पीडाबोध हुने प्रक्रियाबाट मुक्त हुनु पर्नेमा जोड दिनुभयो ।