कबा रचना सम्मानबाट चार स्रष्टा सम्मानित

कबा रचना सम्मानबाट चार स्रष्टा सम्मानित

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ ।

शनिबार राजधानीमा चार स्रष्टा पुरस्कृत एवम् सम्मानित भएका छन् । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको पाचौँ वार्षिकोत्सवको अवसरमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा अशोक कुँवर ‘नेत्र’, मेरिना स्मृति, पेशल आचार्य र दीक्षा खतिवडा रहेका छन् ।
कपन बानेश्वर राष्ट्रिय साप्ताहिकमा वर्षभरि प्रकाशित रचनाहरूमध्ये उनीहरूलाई भिन्न भिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ । कुँवर उत्कृष्ट रचना पुरुष, स्मृति उत्कृष्ट रचना महिला, आचार्य उत्कृष्ट रचना मोफसल र खतिवडा उत्कृष्ट रचना बाल साहित्य भएका हुन् ।

13707642_565482030308149_5208063558191341653_n
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर क्षत्रीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कबा राष्ट्रिय सम्मानबाट आजीवन सदस्यहरू शकुन्तला केसी, माधव लाल श्रेष्ठ, ढुन्डीराज पोखरेल, ओम प्रसाद कोइराला, डा. भागवत ढकाल, सीता ओझा, मुकुन्द न्यौपाने र विशेष सम्मानबाट नेत्र प्रसाद आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा करिव ४० जना स्रष्टाहरूले कविता वाचनसमेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी