काठमान्डौ,साउन ९। जथाभावी सडक पार गर्ने व्यक्तिलाई ट्राफिक प्रहरीले आज देखि लागू हुने गरी केहि बेर नियन्त्रणमा लिने योजना बनाएको छ ।
पैदलयात्रीको लापरबाहिले हुने दुर्घटना न्युनिकरणका लागि पैदलयात्रीलाई लक्षीत गरी नयाँ योजना ल्याएको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यका केन्द्रित गरेर पैदलयात्रीको सुरक्षा लागि जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई नर्टेने चालक माथि साताव्यापी कार्यक्रम गर्न लागेको हो ।
पहिलो साता पैदलयात्री र सवारी चालकलाई सम्झाइ बुझाइ गर्ने र दोस्रो साता देखि जनचेतना स्वरुप एक घण्टा कक्षा लिने तयारी गरेको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सवारी यातायात व्यवस्था ऐनमा जेब्राक्रसिङमा सवारी साधन रोक्नु पर्ने र नरोकेमा दुइ सय देखि एक हजार रुपैया जरिबाना तिर्नु पर्ने व्यवस्था छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline