प्रधानमन्त्री ओली विरुद्धको अविस्वास प्रस्ताव आज पारित हुने

प्रधानमन्त्री ओली विरुद्धको अविस्वास प्रस्ताव आज पारित हुने

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौं ९ साउन । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काग्रेस माओवादी गठबन्धनले दर्ता गरेको अविस्वासको प्रस्तावमाथि मतदान हुदै छ ।
संसद बैठक बिहान ११ बजे बोलाईएको छ ।
काग्रेस माओवादी मधेशी मोर्चा सहित राप्रपा र फोरम लोकतान्त्रिकले समेत अविस्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकाले आज सो प्रस्ताव बहुमतले पारित हुने संभावना बढेको छ ।
साना दलहरुको समर्थन फिर्ता सगै अब सरकारको पक्षमा २ सय बढी सासदहरु मात्र रहने छ भने स्पष्ट बहुमत विपक्षमा उभिने देखिएको छ ।

यस अघि सत्तारुढ नेतृत्व दल एमालेसगै रहेका गच्छेदार नेतृत्वको लोकतान्त्रिक र राप्रपाले सरकारबाट बाहिरीने निर्णय गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अविस्वासको प्रस्तावको सामना गर्ने घोषणा गर्नु भए पछि एमाले भित्रै समेत असन्तुष्टी बढेको छ ।
अविश्वास प्रस्ताव पारित हुन संसदमा २ सय ९८ मत आवश्यक पर्छ । माओवादी–कंग्रेस गठबन्धनले आफ्नो पक्षमा ३ सय ४१ सदस्य तयार भएको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ