संसद बैठक भोली सम्मका लागि स्थगित

संसद बैठक भोली सम्मका लागि स्थगित

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, ८ साउन ।   व्यवस्थापिका संसदको बैठक भोली सम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीमगरले आगामी बैठक आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरूद्ध परेको अविश्वास प्रस्तावमाथि शुक्रबारदेखि छलफल चलिरहेको छ । छलफलमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूले बोल्ने क्रम जारी छ ।

आज छलफल सकिए भोली नै प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा उठेका प्रश्नहरुको जवाफ दिने बताईपनि अझै केही सांसदले धारणा राख्न बाँकि रहेकोले छलफल लम्बिएको हो ।

आजको छलफलमा भाग लिदै काग्रेसका सांसद रमेश लेखकले संबिधान कार्यान्वयनको एजेण्डा महत्वपूर्ण भएपनि ओली नेतृत्वको सरकार गम्भिर नभएको आरोप लगाउनु भयो ।

मधेशी मोर्चा संसद बैठकमा सहभागी भएको बिषयलाई अन्यथा लिन नहुने भन्दै लेखकले गलत टिप्पडि नगर्न आग्रह गर्नुभयो ।

यस्तै एमाले बरिष्ठ नेता तथा सांसद माधव कुमार नेपालले दलहरुबीच बढेको अबिश्वासका कारण मुलुकमा समस्या उत्पन्न भएको धारणा राख्नुभयो ।

मुलुकलाई संस्थागत रुपमा चलाउने प्रबृत्ति नभएकै कारण समस्या उत्पन्न भएको भन्दै उहाले राष्ट्रिय सहमतीमा जोड दिनुभयो ।

नेता नेपालले सबै पार्टीहरुमा गुटबन्दी हावी भएको भन्दै आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई समेत कटाक्ष गर्नुभयो ।

यस्तै एमाले नेता वामदेम गौतमले माओवादीले हतारमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको बताउनुभयो ।  गौतमले केही पर्खेको भए माओवादीसँगको सहमति पनि लागु हुने अवस्था आउने बाउनुभयो ।

यसैविच कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘प्रधानमन्त्रीको मानसिक अवस्था’बाट प्रश्न उठाएपछि एमालेका सांसदहरुले नियमापत्ति गरेका छन् ।

‘ग्याँस पाइप ल्याउने, मेट्रो चलाउने, पानी जहाज चलाउने हावादारी कुरा प्रधानमन्त्रीले गरेका छन’ अमरेशले भन्नुभएको थियो, ‘उहाँलाई औषधिको प्रभावका कारणले मानसिक अवस्था ठीक छैन, पार्लियामेन्ट त्यसको शिकार हुन सक्दैन ।’

संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिंदै सिंहले प्रधानमन्त्रीको मानसिक अवस्थामाथि टिप्पणी गरेपछि एमाले सांसदहरु कृष्णभक्त पोखरेल र पुरुषोत्तम पौडेलले नियमापत्ति गर्नुभयो । लगत्तै एमाले सांसदहरुले उठेर होहल्ला गरेका थिए ।

लगत्तै एमाले सांसद पोखरेलले प्रधानमन्त्री सबैको प्रधानमन्त्री भएको उल्लेख गर्दै मानसिक अवस्थाबारे चुनौति दिने अधिकार कसैलाई नभएको भन्दै अशिष्ट शब्द संसदको रेकर्डबाट हटाउन माग गनुृभएको थियो ।

एमाले सांसदहरुले अमरेशको भनाईमा आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।

अविश्वास प्रस्ताव पारित हुन संसदमा २ सय ९८ मत आवश्यक पर्छ । माओवादी–कंग्रेस गठबन्धनले आफ्नो पक्षमा ३ सय ४१ सदस्य तयार भएको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ