अनशनरत डा केसीको माग संबोधन गर्नुपर्नेमा सांसदको जोड

अनशनरत डा केसीको माग संबोधन गर्नुपर्नेमा सांसदको जोड

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,८ साउन ।

चिकित्सा क्षेत्रमा सुधारका लागि अनशनमा बसेको १४ दिनसम्मपनि प्रा. डा. गोविन्द केसीका माग संबोधन नभएको भन्दै कंग्रेस र राप्रपा नेपालका सांसदले संसदको ध्यानाकर्षण गराएका छन् ।

संसद बैठकमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा काग्रेसका रमेश लेखक र राप्रपा नेपालका सुशिल कुमार श्रेष्ठले केसीको माग सम्वोधनका लागि संसदले आवाज उठाउनुपर्ने माग गरेका हुन् ।

राप्रपा नेपालका श्रेष्ठले डा. केसीको माग प्रति समर्थन जनाउँदै संसद जिम्मेवार नभएको आरोप लगाउनुभयो । केसीको मागप्रति छलफल गरी स्वास्थ्य क्षेत्रको सम्पुर्ण बेथिति हटाउनुपर्ने उहाँको भनाई थियो ।

कंग्रेसका लेखकले विगतको सरकारले डा. केसीको मागबारे प्रतिवद्धता जनाएपनि ओली नेतृत्वको सरकार मौन बसेको टिप्पणी गर्नुभयो ।

नागरिकको पक्षमा काम गरेको भनिएको सरकारले डा. केसीको आन्दोलनमा मुख नखोल्नु अनौठो भएको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ