अविस्वासको प्रस्तावमाथिको छलफल जारी

अविस्वासको प्रस्तावमाथिको छलफल जारी

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमान्डौ ,८ साउन ।
व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री विरुद्ध काग्रेस माओवादी गठबन्धनले दर्ता गरेको अविस्वासको प्रस्तावमाथि आज पनि छलफल जारी छ ।

दोस्रो दिनको छलफलमा भाग लिदै काग्रेसका सांसद रमेश लेखकले संबिधान कार्यान्वयनको एजेण्डा महत्वपूर्ण भएपनि ओली नेतृत्वको सरकार गम्भिर नभएको आरोप लगाउनु भयो ।

मधेशी मोर्चा संसद बैठकमा सहभागी भएको बिषयलाई अन्यथा लिन नहुने भन्दै लेखकले गलत टिप्पडि नगर्न आग्रह गर्नुभयो ।

यस्तै एमाले नेता तथा सांसद माधव कुमार नेपालले दलहरुबीच बढेको अबिश्वासका कारण मुलुकमा समस्या उत्पन्न भएको धारणा राख्नुभयो ।

मुलुकलाई संस्थागत रुपमा चलाउने प्रबृत्ति नभएकै कारण समस्या उत्पन्न भएको भन्दै उहाले राष्ट्रिय सहमतीमा जोड दिनुभयो ।

नेता नेपालले सबै पार्टीहरुमा गुटबन्दी हावी भएको भन्दै आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई समेत कटाक्ष गर्नुभयो ।

नेता नेपालले अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै सरकारबाट बाहिरिने माओवादीको निर्णयलाई दुभाग्यपूर्ण भएको बताए ।

आज छलफल भए पछि भोली प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा उठेका प्रश्नहरुको जवाफ दिनु हुने छ ।
त्यसपछि भोली नै प्रधानमन्त्रीको पक्ष विपक्षमा सदनमा मतदान हुने छ ।

अविश्वास प्रस्ताव पारित हुन संसदमा २ सय ९८ मत आवश्यक पर्छ । माओवादी–कंग्रेस गठबन्धनले आफ्नो पक्षमा ३ सय ४१ सदस्य तयार भएको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ