काठमाडौं ,७ असार ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत् गर्नुभभयो ।
माओवादी केन्द्रको प्रस्ताव तथा नेपाली कंग्रेसको समर्थनमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्तावमा १३ दलका २ सय ८१ जनाले समर्थन जनाएका छन् ।
अविश्वास प्रस्तावमाथि आजसहित ३ दिनसम्म छलफल चल्ने भएको छ । २०७२ असोज २५ गते माओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा ओली प्रधानमन्त्री बन्नुभएको थियो ।
अविश्वास प्रस्ताव प्रस्तुत् गर्दै दाहालले संविधान, शान्तिप्रक्रियालगायतका विषयमा नेकपा एमाले र प्रधानमन्त्री ओलीसँग गम्भीर मतभेद रहेको महसुस भएर सरकारबाट फिर्ता हुनुपरेको तर्क गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार बनाउँदाका वाचा बिर्सेको र माओवादीलाई प्रयोग गर्दै जाने नियत देखिएको आरोपसमेत लगाउनु भयो ।
प्रधानमन्त्री ओली एकल सरकारको ढंगले चलेको र सबैलाई समेटेर अघि बढ्न नखोजेको दाहालको आरोप थियो ।
दाहालले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र समावेशीलगायतका परिवर्तनबाट पनि विमुख हुन थालेको आरोप लगाउनु भयो ।