काठमाडौं, साउन ७ । माओवादी केन्द्रले आफ्नै सहमतिमा सरकारले ल्याएके आर्थिक विधेयकको विपक्षमा मतदान गरे पछि विधेयक संसदमा अस्वीकृत भएको छ ।
शुक्रबारको संसद बैठकमा आर्थिक विधेयकमाथि मतदान हुँदा उक्त विधेयक महुमतले अस्वीकृत भएको हो ।
सरकारले ल्याएको विधेयक अस्वीकृत हुनुलाई सरकारकै असफलता मानिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सरकारले अविश्वासको प्रस्ताव अघि नै आर्थिक विधेयक पेश गरेको थियो।
सरकारको समर्थन फिर्ता लिएको माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी दललगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् ।
सरकारले आर्थिक विधेयक पारित नहुँदा बजेट कार्यान्वयनमा समस्या आउने बताउदै पारित गरेर मात्र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अडान अघि सारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline