कार्यसुचीमा सहमती भएपछि संसद बैठक शुरु

कार्यसुचीमा सहमती भएपछि संसद बैठक शुरु

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,७ साउन । कार्यसुचीमा सहमती जुटेपछि ब्यावस्थापिका संसद बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थीत संसद भवनमा जारी बैठकमा अहिले आश्रित विधेयकमाथि छलफल भईरहेको छ ।

आर्थिक बिधेयकमाथिको छलफल सकिएपछि अविश्वास प्रस्तावमाथि छलफल हुने छ । अहिले अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बिधेयकमाथि उठेका प्रश्नमाथि जवाफ दिईरहनुभएको छ ।

बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले माओवादी केन्द्रले सरकार छाडेपछि मन्त्रीहरुको जिम्मेवार हेरफेरबारेको पत्र पढेर सुनाउनु भएको थियो ।

त्यसलगत्तै लेखा समितिका सभापति जनार्दन शर्माले सार्वजनिक लेखा समितिको १८ औ प्रतिवेदन २०७३ पेश गर्नुभएको छ ।

काग्रेस र माओवादी केन्द्रले बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएका छन् । सरकारले ल्याएको आर्थिक बिधेयक , राष्ट्र रिण उठाउने तथा रिण तथा जमानत बिधेयक केहिबेरमा प्रस्तुत हुनेछ ।

बिनियोजन बिधेयक पारित भएपनि बाकी रहेका तीन वटा आश्रीत विधेयक अस्वीकार गर्ने तयारी काग्रेस र माओवादीले गरेका हुन् ।

पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले पेस गरेका आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि कार्यसुचीकै कारण पटक पटक स्थगित भएको संसद बैठक प्रमुख दलहरुवीच बजेटसँग सम्वन्धित विधेयक र प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव आजै सदनमा छलफल शुरु गर्ने सहमती भएपछि सुचारु भएको हो ।

बैठकको सुरुमा आश्रित विधेयकमाथि छलफल हुने र सो बिधेयकको टुङ्गो लागेपछि अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउने सहमति भएको थियो ।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको बताएका छन् ।संसद बैठकमा बोल्दै महराले सरकारलाइ दिएको समर्थन फिर्ता लिइसकेकाले विधेयकको औचित्य नभएको बताउनु भयो । अविश्वासको प्रस्ताव पेश भइसकेपछि सरकारका अन्य क्रियाकलापको अर्थ नहुने उहाले बताउनु भयो ।

माओवादी केन्द्रले यसअघि नै बजेट आश्रित विधेयकलाई संसदबाट फेल गराउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ