कार्यसुचीमा सहमती भएपछि संसद बैठक बस्दै

कार्यसुचीमा सहमती भएपछि संसद बैठक बस्दै

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,७ साउन ।

कार्यसुचीमा सहमती जुटेपछि ब्यावस्थापिका संसद बैठक अहिले केहिबेरमा बस्दै छ ।

प्रमुख दलहरुवीच दुबै कार्यसुची बजेटसँग सम्वन्धित विधेयक र प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव आजै सदनमा छलफल शुरु गर्ने सहमती भएपछि बैठक बस्न लागेको हो ।

बैठकको सुरुमा आश्रित विधेयकमाथि छलफल हुने र सो बिधेयकको टुङ्गो लागेपछि अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउने सहमति भएका छ ।

दुई पक्षले आफ्नो अडान नछाडेपछि दलहरुले एकैदिन आश्रित विधेयक र अविश्वास प्रस्ताव अघि बढाउने सहमति गरेका हुन् । माओवादीले भने आश्रित विधेयकको विपक्षमा मतदान गर्ने स्रोतको भनाई छ ।

यसअघि कांग्रेस, माओवादी र मधेसी मोर्चाले अविस्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका थिए । आज बिहान काग्रेस माओवादी र मोर्चाका नेताहरुको बैठक बसेर त्यस्तो निर्णय गरेका हुन् ।

सिंहदरवारमा बसेको तीन पक्षको बैठकले कंग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको सहमतिको प्रस्ताव अस्वीकार गर्दै अविश्वास प्रस्ताव कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि कंग्रेस नेता विमलेन्द्र निधिले अविश्वास प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय भएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ