देशभर वर्षा र बाढीले जनजीवन प्रभावित

देशभर वर्षा र बाढीले जनजीवन प्रभावित

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ ७ साउन । देशका अधिकाश भागमा अविरल वर्षासँगै बाढी आउने र बाटो अवरुद्ध भए पछि विभिन्नि भागको जनजीवन प्रभावित भएको छ । बर्षा र बाढीले ठाउ ठाउमा पहिलो जानुका साथै बाटो अबरुद्ध भएका छन् ।
बर्षा आज दिउसो सम्म पनि निरन्तर परेको थियो । राजधानीको बागमति सहित विभिन्न नदीहरुमा पानीको बहाब निकै बढेको छ । कालो पत्रे नभएका सडहमा सवारी साधन चलाउन कठिन भएको छ ।
उता बर्षाले नवलपरासीको परासी बजार डुवानमा परेको छ । नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले बजार डुवानमा परेपछि स्थानीय त्रसित बनेका छन् ।

गएराति आएको बाढीले शहर नै डुबानमा पारेपछि स्थानीय बासिन्दा रातभर घरको छतमा चढेर बसेका थिए । सरकारी कार्यालयमा पनि बाढी पसेपछि कार्यालयका कागजपत्र, कम्प्युटर लगायतका सामाग्री डुबेको बताइएको छ ।

सडक समेत जलमग्न हुँदा सवारी आगमनमा समेत अवरोध पुगेको छ भने बाढी अझै नरोकिएको प्रहरीले जनाएको छ ।

उता अविरल वर्षाका कारण नदी गाउँमा पस्दा रुपन्देहीका २२ घर डुवेका छन् । सयौं विगाह धान खेत डुबानमा परेको छ ।

रोहिणी नदी गाउँमा पस्दा पड्खौली गाविस ५ का १६ घर डुवानमा परेका हुन । रोहिणी नदीले धार परिवर्तन गरेपछि वसन्तपुरमा ६ घर डुवानमा परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी रामेश्वर कार्की जानकारी दिनुभयो ।

डुवान क्षेत्रका स्थानीयलाई सुरक्षीत स्थानमा सार्न जिल्ला प्रहरी, इलाका प्रहरी धकधई, बेलहिया प्रहरी लगायतको टोली घटनास्थलमा पुगेको डिएसपी कार्कीले बताउनुभयो ।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिका–७ प्रतिमा टोलमा फर्सेट खोलाको बाँध फुटेर गाउँ पस्दा ४५ घर डुबानमा परेका छन् । गएरातिको वर्षा पछि आएको बाढीका कारण फर्सेटखोलाको बाँध फुटेको हो ।

खोला गाउँ पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार अहिले बाँध बाँध्ने काम भइरहेको छ ।

यस्तै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि २२ वटा ढोका खोलिएको छ । नदीमा पानीको बहाव एक लाख ६३ हजार ७ सय ३० क्युसेक पुगेपछि खतराको संकेत गर्दै २२ वटा ढोका खोलिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ