अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय

अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ,साउन ७ ।
कांग्रेस, माओवादी र मधेसी मोर्चाले सहमतिको लागि भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको बिकल्प अस्विकार गरेका छन् । तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका हुन् ।

हिजो बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विकल्प सहितको नयाँ प्रस्ताव पेश गरेका थिए ।

आज बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठकले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अविश्वासको प्रस्ताव कुनै हालतमा फिता नहुने भन्दै आजबाट प्रधानमन्त्रीको राजीनामा नमाग्ने बताउनु भयो ।

निधिले संसदमा बजेट आश्रित विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमा पहिले छलफल हुनुपर्ने बताउनु भयो ।

कांग्रेस, माओवादी र मधेसवादी दलको बैठकमा आगामी सरकारबारे पनि छलफल भएको थियो । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितताको माग गरेका छन् ।

कांग्रेस र माओवादीका नेताहरुले आफूहरुबीच भएको सात बुँदे सम्झौता मै आन्दोलनरत मधेसी मोर्चा लगायतका दललाई सहमतिमा ल्याउने उल्लेख भएकाले शंका गर्नु नपर्ने बताएका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ