काठमाडौ ७ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको इसारामा सरकारको समर्थन फिर्ता लिएकोमा नेकपा माओवादी केन्द्र ६ महिना पछि पछुताउने दाबी गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसको अवसरमा आज बिहान कीर्तिपुरमा भएको कार्यक्रममा उहाँले यस्तो वताउनु भएको हो ।
कार्यक्रममा उहाँले कांग्रेसले संविधानकोे कार्यान्वयन भन्दा पनि कार्यकर्ता भर्ति गर्न नयाँ सरकार गठनलाई जोड दिएको आरोप लगाउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई आफुले गुरु ठानेकाले उहाँको वैचारिक सिद्धान्त आफूले अनुसरण गरेको प्रधानमन्त्री ओलीको भनाई छ । पुष्पलालको सपना पूरा गर्न एमाले प्रतिवद्ध रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline