काग्रेस र माओवादी केन्द्रका कारण प्रमको राजिनामा आएन :राई

काग्रेस र माओवादी केन्द्रका कारण प्रमको राजिनामा आएन :राई

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

भक्तपुर, ६ साउन ।

सञ्चार मन्त्री शेरधन राईले काँग्रेस र नेकपा माओवादी केन्द्र कै कारण प्रधानमन्त्रीले राजिनामा नदिएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै मन्त्री राईले सरकार अल्पमतमा परिसकेपछि राजिनामा दिने तयारि गर्नुभएका प्रधानमन्त्री केपि ओलीले अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसको सामना गर्ने निर्णय गरेको खुलासा गर्नुभयो ।

उहाले भन्नुभयो ,माओवादीले सरकारलाई दिइएको समर्थन फिर्तासँगै ओलीले नैतिकताको आधारमा राजीनामा दिने सोचमा बनाउनु भएको थियो ,तर काँग्रेससँगको गठबन्धन सहित अविश्वासको प्रस्ताब पेश गरेकाले अविश्वासको प्रस्ताबको सामना गर्नु परेको हो ।

संसदमा बारम्बार रोकिएको आर्थिक बिधेयक २ करोड ८० लाख नेपालीको हितमा भएकाले त्यसलाई छलफलमा ल्याउनु पर्ने उहाले जोड दिनुभयो ।

आर्थिक विधेयकमाथिको छलफल पश्चात संसदले गर्ने निर्णलाई एमालेले स्वीकार्ने भन्दै उहाले आफ्नो स्वार्थका कारण जनतामाथि अन्याय गर्न नपाईने बताउनु भयो ।

उहाले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गर्न खोजिएको आरोप समेत लगाउनु भयो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको आर्थिक विकासको ढोका खुल्ने र त्यसको नेतृत्व एमालेको हुने डरले कांग्रेस र माओवादी केन्द्रले सरकार बिघटन गर्न लागेको उहाको आरोप छ ।

मन्त्री राईले सरकार परिवर्तनका लागि कांग्रेस र माओवादीबीच गलत नियतले अँध्यारो कोठामा बसेर गरिएको भन्दै यो गठबन्धनले नेपालको हित नगर्ने समेत प्रष्ठ पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ