काठमाण्डौ ,६ साउन ।
कार्यसुचीका बिषयमा दलहरुबीच सहमती नहुँदा ब्यावस्थापिका संसदको बैठक अझै सुचारु हुन सकेको छैन ।
सरकारबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसुचीसहित संसद बैठक बोलाईएपछि उत्पन्न बिबाद मिलाउन दलहरुले प्रयार जारी राखेका छन् ।
आज बिहान सभामुख ओनसरी घर्तीले बोलाएको बैठकमा सहमती नभएपछि थप छलफल गर्ने भन्दै बैठक दिउसो दुई बजेसम्मका लागी सारिएको थियो ।
दलका नेताहरु अझैपनि औपचारीक ÷अनौपचारीक छलफलमा रहेकाले संसद बैठक सुरु हुन समय लाग्ने देखिएको छ । कार्यब्यावस्था परामर्श बैठकमा पनि कार्यसुचीबारे सहमती नजुटेपछि सभामुख घर्तीले प्रमुख तीन दल काग्रेस ,एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुसँग सहमतीका लागी छलफल गर्नुभएको हो ।
सभामुखले बोलाएको बैठकमा पनि सहमती नभएपछि अहिले संसद भवनमा नै तीन दलका नेताहरुले छलफल गरिरहेका छन् ।
यसअघि बिहान ११ बजेका लागी बोलाईएको बैठकमा कार्यसुचीमा नै कुरा नमिल्दा दिउसो दुई बजेसम्मका लागी स्थगित गरिएको थियो ।
शुक्रवार कार्यसुचीमा रहेको वजेट आश्रीत विधेयक हटाएर अविश्वास प्रस्तावमा छलफल गर्ने गरी बैठक आह्वान गरेपछि एमालेले आप्पती जनाएको छ । उता काग्रेसले भने आज अविश्वासको प्रस्तावमाथि नै छलफल गर्ने अडान राखेको छ ।
पहिले विधेयक पारीत गर्नु पर्ने भन्द सत्तारुढ एमालेले यदि त्यसो नभए संसद चल्न नदिने निर्णय गरेको छ भने काग्रेस माओवादी गठबन्धनले भने पहिले अविस्वासको प्रस्तावमाथि छलफल हुनु पर्ने अडान कायम राख्दै आएका छन् ।
गत असार २९ गते नै कार्यसुचीमा प्रवेश गरिसकेको आश्रीत विधेयकलाई झिकेर आज बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसुची राखिएको छ ।