आफ्नै मृत्युको समाचार आएपछि…..

आफ्नै मृत्युको समाचार आएपछि…..

  • बिहिबार, साउन ६, २०७३
  • सुसान आचार्य

  • 5.9K
    SHARES

लगभग सय वर्ष पहिले एक जना सम्वृद्ध व्यक्तिले जब बिहान को Newspaper उठाए तब उनी दङ्ग परे । त्यसमा उनको मृत्युको खवर छापिएको रहेछ । शुरुमा त उनलाइ भरोसा लागेन ।

किनकी उनी थोरै आत्तिएका थिए । जब उनलाई महसुस भयो कि अखबार बालाले भुलचुक बस कोहि अरुको ठाउँ मा उनको मृत्युको खबर छापिदिएको रहेछ , शुरुमा उनलाई धेरै रिस पनि उठ्यो । होइन यस्तो पनि कसैले गर्छ र ? फेरि उनलाई हाँसो पनि आयो त्यो मान्छेहरुको मुर्खतामाथी कि जसले यसलाई सत्य मानेको होलान । तर उनले फेरि यो स्थितिमाथी गहन विचार गरे , उनले सोचे कि ” अलिकती हेरु न मेरो मृत्यु हुदा के के छापिएको छ ?” उनी धेरै दुखी भए , जब पढ्यो उनले कि पुरै अखबार मा उनलाई ` मृत्युको सौदागर ´ Dynamite King ´ ले सम्बोधित गरिएको रहेछ । वास्तवमा यो व्यक्तिले डाइनामाइट को अविष्कार गरेका थिए ।

उनले सोचे कि के मान्छेहरुले मलाई म मरीसकेपछी यसरी नै याद गर्छन ? कि म मृत्युको सौदागर थिए ? ” अहँ यस्तो हुन सक्दैन , ” उनले सोचे, यो घट्ना पछि उनले आफ्नो जिवनलाई केही यस्तो तरीकाले बदलिदिए कि मान्छेहरुले उनलाई आज ` मृत्यु को सौदागर ` होइन बल्की दुनियाको सबैभन्दा विश्वसनिय सम्मान ` Nobel Prize ´ को कारणले जान्दछन । यो व्यक्तिको नाम ` Sir Alfred Nobel ´ थियो ।

जसको यादमा नोबेल पुरस्कार दिइने गरिन्छ । त्यसैले हेर्नुस मित्रजनहरु उनले बाँचेकै अवश्थामा यो कुरा थाहा पाए कि मान्छेहरु उनको मृत्युमाथी कस्तो प्रतिक्रिया दिन्छन , र अखबार को एक गल्तिले गर्दा उनलाई आफ्नो गल्तिको आभास भयो र जिन्दगीको टर्निङ पोइन्ट बन्न पुग्यो । आज हामी सबैले उनलाई आदर ले याद गर्छौ ।

हामीलाई पनि सायद दोस्रो मौका मिल्ने छैन जाउ कोसिस गरौ कि जब पनि हामी जान्छौ मान्छेहरुले याद गरून् कि ” मान्छे जेहोस धेरै राम्रो थियो ” जन्म सबैको सामान्य हुन्छ तर मृत्युलाई ऐतिहासिक बनाउन सकिन्छ , आफ्नो कर्मले , व्यवहार ले र बोली वचन ले ।।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी