काठमान्डौ,साउन६।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त भएको टिप्पणी गर्नु भएको छ ।
महोत्तरीको बर्दिबास पुृग्नु भएका भट्टराईले आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको समेत उल्लेख गर्नु भयो ।
उहाँले वर्तमान सरकारले जनतालाई सुशासनको अनुभूति दिन भूकम्पपछिको पुनःनिर्माण कार्यलाइ अगाडि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल भएको दावी गर्दै उहाँले सरकार ढाल्न तयार दलहरुसँग पनि स्पष्ट खाका नभएको दावी गर्नु भयो ।
मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline