ब्यावस्थापिका संसद बैठक २ बजे सम्मका लागि स्थगित,

ब्यावस्थापिका संसद बैठक २ बजे सम्मका लागि स्थगित,

प्रमुख तीन दलविचको बैठक दिउसो बस्दै

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,६ साउन ।

कार्यसुचीका बिषयमा दलहरुबीच सहमती नहुँदा ब्यावस्थापिका संसदको बैठक दिउसो सम्मका लागी स्थगीत भएको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान ११ बजेका लागी बोलाईएको बैठकमा सरकार बिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसुची रहेपनि सत्ता नेतृत्वकर्ता दल एमालेले बिरोध जनाएपछि बैठक स्थगित भएको हो ।

शुक्रवार कार्यसुचीमा रहेको वजेट आश्रीत विधेयक हटाएर अविश्वास प्रस्तावमा छलफल गर्ने गरी बैठक आह्वान गरेपछि एमालेले आप्पती जनाएको छ । उता काग्रेसले भने आज अविश्वासको प्रस्तावमाथि नै छलफल गर्ने अडान राखेको छ ।

कुन एजेण्डामा छलफल गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र विपक्षी दलहरुबीच विवाद कायम रहेकाले बैठक दिउसो दुई बजेसम्मका लागी स्थगित गरिएको हो ।

पहिले विधेयक पारीत गर्नु पर्ने भन्द सत्तारुढ एमालेले यदि त्यसो नभए संसद चल्न नदिने निर्णय गरेको छ । काग्रेस माओवादी गठबन्धनले भने पहिले अविस्वासको प्रस्तावमाथि छलफल हुनु पर्ने अडान कायम राख्दै आएका छन् ।

गत असार २९ गते नै कार्यसुचीमा प्रवेश गरिसकेको आश्रीत विधेयकलाई झिकेर आज बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसुची राखिएको छ ।

यसैविच संसदको कार्यसूचीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएपनि ठोस सहमती नभएपछि तीन दलबीच दिउसो पुन छलफल गर्ने निर्णय भएको छ ।

कार्यसुचीमा देखिएको बिबाद समाधानका लागी दिउसो १ बजे पुन प्रमुख दलबीच छलफल गर्ने निर्णय भएको सभामुखका प्रस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ