साउन ६ काठमाण्डौं ।
झण्डै एक वर्षदेखि सिमाकंन लगायतको विषयमा सविधान ससोधनको माग गर्दै आन्दोलनमा रहेको संघीय गठबन्धनमा आवद्ध दलहरु आजबाट संसदमा प्रवेश गर्ने भएका छन् ।
यस अघि उनीहरुले आफ्नो माग संबोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संसदको बैठक अवरुद्ध गर्दै आएका थिए ।
वर्तमान सरकार आफूहरुको माग प्रति संवेदनशील नदेखिएको भन्दै उनीहरुले अविस्वासको प्रस्तावमा मतदान गर्ने यस अघि नै घोषणा गरीसकेका छन् ।
वर्तमान सरकारको विरुद्धमा मोर्चा उभिए पनि नया सरकार गठन तर्फ भने नलाग्ने गठबन्धनको भनार्ई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline