सांसद खड्का संयोजक रहेको निर्देशन कार्यान्वयन उपसमिति गठन

सांसद खड्का संयोजक रहेको निर्देशन कार्यान्वयन उपसमिति गठन

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, ६ साउन ।

व्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विगतमा भएका निर्देशनको अवस्था र आगामी रणनीति तय गर्नसांसद भरतबहादुर खड्का संयोजक रहेको  ‘निर्देश्न कार्यान्वयन उपसमिति’ गठन गरेको छ ।

समितिको बुधबारको बैठकले यसअघिका निर्णय कार्यान्वयनको वास्तविक स्थिति पत्ता लगाई एक महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसद अञ्जली श्रेष्ठ, अमर शर्मा देवराज भार, अशोककुमार मण्डल, जितेन्द्रनारायण देव, दुर्गा पौडेल, प्रभादेवी बज्राचार्य, प्रेमकिशोर प्रसाद साह तेली र राज्यलक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ ।

समितिलाई श्रम समितिले विगतमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलगायत निकायलाई दिइएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

उपसमितिको कार्यविधि भने समितिका सभापतिसँग परामर्श गरी व्यवस्थित गर्ने निर्णय भएको छ । त्यसैगरी बैठकले समितिको वार्षिक प्रतिवेदनको मस्यौदा समिति सचिवालयले तयार गरी यथाशीघ्र समितिसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्ने अधिकांश सांसदले समितिले पटकपटक दिएका निर्देशन सरोकारवाला मन्त्रालय, मातहतका निकाय र जिम्मेवार पदाधिकारीले पालना नगरेको भन्दै निर्देशन प्रभावकारी कार्यान्वयनका लागि खबरदारी गरिनुपर्ने धारणा राख्नुभएको थियो ।

कतिपय सांसदले समितिले निर्णय गर्ने र समय बिताउने जस्तो मात्र भएको निर्णय कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनुभएको थियो ।

समितिका सभापति प्रभु साहले समितिले गरेका निर्णय/निर्देशन आंशिक पालना भएको र धेरै कार्यान्वयन हुन नसकेकाले कसरी प्रभावकारी कार्यान्वयनमा लैजाने भन्नेबारे कार्यविधिका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ