आर्थिक विधेयक रोक्नेप्रयास गरे त्यसको कडा प्रतिवाद गर्ने प्रमको चेतावनी

आर्थिक विधेयक रोक्नेप्रयास गरे त्यसको कडा प्रतिवाद गर्ने प्रमको चेतावनी

  • बुधबार, साउन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, ५ साउन।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा जनताको दैनिकीसँग जोडिएको आर्थिक विधेयकलाई रोक्ने प्रयास गरिए त्यसको बिरुद्धमा लाग्ने चेतावनी दिनुभएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको आज काठमाडौंमा उद्घाटन गर्दै ओलीले निर्णायार्थ पेश हुन लागेको आर्थिक बिधेयकलाई रोकेर सम्मानित सस्थाको दुरुपयोग गर्दै एजेण्डा सेट गरेर अविश्वासको प्रस्ताव ल्याउनु गलत भएको बताउनु भयो ।

आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला कार्यसूची गायब बनाउने काम भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भोली ११ बजे बस्ने संसद बैठकमा हराएको विधेयक खोजिने उल्लेख गर्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो ।

उहाँले संसदलाई मर्या्दित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न गर्नुभयो, ‘संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्ने ?’

प्रधानमन्त्री ओलीले गायब बनाइएको विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा आफूहरुले खोज्नुपर्ने बताउँदै बलजफ्ती गरेर अघि नबढ्न आग्रह गर्नुभयो ।

उहाँले अविश्वास प्रस्तावलाई विपक्षीको ईर्ष्या प्रस्ताव र चिन्ता प्रस्तावको सङ्ज्ञा दिनुभयो । सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु हो भन्नुभयो ।

संसद्मा गएको असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ