काठमाडौ ५ साउन ।
सभामुख ओनसरी घर्तीले संसदको कार्यसुचीका विषयलाई लिएर दलहरुबीच चर्किएको बिबाद समाधानका लागी पहल तिब्र पार्नुभएको छ ।
बजेटसँग सम्बन्धीत वजेट बिधेयक पारित नभई अबिश्वासको प्रस्तावमा छलफल हुन नसक्ने सत्तापक्षको अडान र अविश्वास प्रस्तावलाई पहिले पेश गर्नुपर्ने काग्रेस र माओवादी केन्द्रको अडानका कारण उतपन्न बिबादमा सहमती जुटाउन सभामुख घर्तीले दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
दलहरुबीच सहमती भए कार्यसुची परिवर्तन गर्न सकिने जनाउ दिनुभएकि घर्तीले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रसका सभापति शेरबहादुर देउवा सँग छलफल गर्नुभएको छ ।
भेटवार्ताका क्रममा घर्तीले कार्यसुचीको बिषयमा भएको बिबादलाई मिलाउन राजनीतिक सहमतिको वातावरण बनाउन दुवै दलका नेतालाई आग्रह गर्नु भएको गर्नु भएको छ ।
हिजो प्रधानमन्त्रीसँगको भेटमा दलीय सहमति भएमा आफु संसदको कार्यसूची परिवर्तन गर्न सकिने बताउन भएकी घर्तीले आज प्रचण्ड र देउवासँगपनि सोहि कुरा दोहोर्याउनु भएको हो । सभामुख घर्तीले सहमति नभए आफूले यसअघि निर्धारण गरेको कार्यसूचीलाई नै अघि बढाउन बाध्य हुने जानकारी गराउनु भएको छ ।
दाहाल र देउवाले जवाफमा दलहरुबीच सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
सभामुख घर्तीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नुभएको छ ।