एमालेद्धारा राष्ट्रिय सहमतीको आह्वान , अविश्वास प्रस्तावको डटेर सामना गर्ने

एमालेद्धारा राष्ट्रिय सहमतीको आह्वान , अविश्वास प्रस्तावको डटेर सामना गर्ने

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, ४ साउन ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले संविधान किार्यान्वयनका लागी राष्ट्रिय सहमति बनाएर अघि बढन आव्हान गरेको छ ।

सरकार परिवर्तनको दलीय प्रयास तीव्र बनिरहेका बेला आज बसेको एमाले स्थायी समिति बैठकले संबिधान कार्यान्वयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको निष्कर्ष निकाल्दै सोहि आधारमा सहमति निर्मााण गर्न आव्हान गरेको हो ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकपछि विज्ञप्ती जारी गर्दै सचिव योगेश भट्टराइले संसदमा दर्ता भएको अविश्वास प्रस्तावको एकतावद्ध भएर सामना गर्ने निर्णय समेत भएको जानकारी गराउनु भएको छ ।

आफ्नो पार्टी लोकतान्त्रिक मुल्य मान्यता र परिपाटी तथा संविधानले निदृष्ट गरेको व्यवस्था अनुरुप आउने जुनसुकै परिणामलाई स्वीकार गर्ने पनि एमालले स्पष्ट पारेको छ ।

एमालेले संसदलाई राजनीतिक ध्रुबिकरणको थलो नबनाउन समेत अन्य दललाई आग्रह गरेको छ ।

नेताहरुले नयाँ सरकार गठनका सम्बन्धमा संविधानमा स्पस्ट उल्लेख नभएको भन्दै यही अवस्थामा अर्को सरकार बन्नै नसक्ने तर्क गरेका थिए । सरकार परिवर्तनको खेल संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रकै एकरुप रहेको एमालेको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ