नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न काग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न काग्रेसको आग्रह

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ, ४ साउन ।
नेपाली कांग्रेसले संविधानको मर्मअनुसार राजीनामा दिदै नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले संवैधानिक ब्यवस्था अनुसार सरकार परिवर्तन हुन लागेकाले त्यसलाई अनर्गल प्रचार नगर्न समेत एमालेलाई आग्रह गरेको छ ।

दलहरुबीच गत बर्षको जेठ २५ गते भएको १६ बुँदे सहमतिको १० नम्बरमा समेत सरकारबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने उल्लेख भएको स्मरण गराउदै कांग्रेसले सहमतिको मर्मअनुसार राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।

नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार निर्माणको पछिल्लो प्रयास संविधानसम्मत भएको निश्कर्ष निकाल्दै कांग्रेसले राजनीतिक तिक्तता अन्त्य गर्दै सहमतिका साथ अगाडि बढ्ने निश्कर्ष समेत निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता महेश आचार्यले पर्सि बिहीवारबाट संसदमा सुरु हुने अविश्वासप्रस्तावमाथिको छलफलका क्रममा कांग्रेसले सरकार परिवर्तनको औचित्य पुष्टि गर्ने बताउनुभयो ।

सत्तासमिकरण परिवर्तन हुने भएपछि दलहरुबीच बढेको दुरी अन्त्यका लागि राजनीतिक सहमति कायम गर्न कांग्रेसले पहलकदमी लिने निर्णय गर्दै कांग्रेसले त्यसका लागि बिभिन्न दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको नेता आचार्यले जानकारी दिनुभयो ।

यस्तै कांग्रेसले पर्सिबाट संसदमा सुरु हुने अविश्वास प्रस्तावमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसद समेत रहेका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ