कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, ४ साउन ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यालय सानेपामा केहिबेरपछि सुरु हुने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्ने सहमति गरेको कांग्रेसले थप रणनिति बनाउन बैठक बोलाइएको हो । वर्तमान सरकारविरुद्ध सदनमा पेश भएको अविश्वासको प्रस्ताव पारित गराउने विषयमा आजको बैठकमा छलफल हुने पार्टी केन्द्रीय सदस्य विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वभाविक रुपमा अल्पमतमा परेकाले संविधान कार्यान्वयनको नेतृत्व संसदको ठूलो दलका हैसियतले कांग्रेसले गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।

बैठकमा भ्रातृसंस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने बताइएको छ । ‘नेपाल विद्यार्थी संघ र महिला संघको विधान संशोधन तथा नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल सांस्कृतिक संघलगायत भ्रातृसंस्थाको महाधिवेशनका विषयमा पनि बैठकमा छलफल हुने निधिले बताउनु भयो ।

पछिल्लो समयमा बढेको महँगी, कालोबजारी लगायतका समस्या समाधान गर्ने उपायका विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ