संवैधानिक अड्चन नहटेसम्म नयाँ प्रधानमन्त्री नबन्ने प्रमको अडान

संवैधानिक अड्चन नहटेसम्म नयाँ प्रधानमन्त्री नबन्ने प्रमको अडान

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं ,३ साउन ।
प्रधानमन्त्री केपी ओलीले संवैधानिक अड्चन हटाएर मात्र नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्नुभएको छ ।

वालुवाटारमा आज साझ भएको छलफलका क्रममा ओलीले नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सदनमा पेश भएको बजेट सम्वन्धि विधेयक पारित नभई अविश्वासको प्रस्ताव समेत अघि बढ्न नसक्ने धारणा राख्नुभएको हो ।

ओलीले सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि संवैधानिक प्रवन्ध मिलाउनुपर्ने धारणा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीले बताउनु भयो ।

देउवा र दाहालले भने प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा दिन सुझाव दिनुभएको थियो । दुई नेताको आग्रहपछि ओलीले अविश्वास प्रस्ताव पेश भएको अवस्थामा राजिनामा दिन नसकिने अडान समेत राख्नुभएको बताईएको छ ।

ओलीले संसद बैठक स्थगित गर्ने सभामुख ओनसरी घर्तीको निर्णयमा पनि असन्तुष्टी जनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ