३ साउन, काठमाडौं ।
काग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पेस गरिसकेको अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार २०७४ माघसम्म रहने दाबी गर्नुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावलाई देशविरुद्धको षड्यन्त्रको संज्ञा दिदै यहि सरकार अझै एक बर्ष टिक्ने दाबी गर्नुभएको हो ।
संविधानमा आफ्नो नेतृत्वको सरकार हटाउने कुनै व्यवस्था नै नभएकाले वर्तमान सरकार नै २०७४ माघसम्म कायम रहने उहाको भनाई छ । आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा गर्नुको कुनै अर्थ नरहेको भन्दै प्रधानमन्त्री ओलीले संसद विघटन भने नगर्ने प्रष्ट पार्नुभयो ।
उहाले भन्नुभयो ‘देशको हितमा भएको भए स्यालुट गरेर छाड्थें । तर, देशविरुद्धको षड्यन्त्र भएकाले च्यालेन्ज गरेर मात्र छाड्छु ।’
प्रधानमन्त्री ओलीले संविधान निर्माणका क्रममा संविधान बन्दासम्म कांग्रेस र संविधान बनेपछि अर्को चुनावसम्म एमालेले एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भएको तर, पछि कांग्रेसले नमानेको बताउनुभयो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोतर्फ संकेत गर्दै उहाले भन्नुभयो ‘फुटबलको जातमा हावा हालेपछि ड्वाङ्ग पार्दा उफ्री हाल्छ’ ।
आफू खुला पुस्तक जस्तै भएको भन्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई भिडन्ततर्फ लैजान नहुनेमा जोड दिनुभयो ।
ओलीविरुद्ध कांग्रेस र माओवादीले संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा आगामी साउन ६ गते छलफल हुनेछ ।