काठमाण्डौ ,३ साउन ।
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य प्रति चासो देखाएको छ ।
समिति सभापति सुशीलकुमार श्रेष्ठले केसीको माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।
सभापति श्रेष्ठ नेतृत्वको टोली केसीको स्वास्थ्य अवस्था बुझ्न आज शिक्षण अस्पताल महाराजगंज पुगेको थियो । भेटपछि डा. केसीको माग तत्काल पूरा गराउन संसदमा पनि छलफल गर्ने सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
संसदीय टोली अनशनस्थल पुग्दा शिक्षण अस्पतालका आवासीय चिकित्सकले संसद मौन बसेको भन्दै नाराबाजी गरेका थिए ।
यसअघि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल लगायत सबै संगठित रेजिडेन्ट चिकित्सकहरुले विज्ञप्ती जारी गरि केसीको मागमा बेवास्ता गरे संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका थिए ।