ताप्लेजुङको तापेथोकका पहिरो प्रभावितलाई प्रहरीद्धारा उद्धार

ताप्लेजुङको तापेथोकका पहिरो प्रभावितलाई प्रहरीद्धारा उद्धार

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

आलोक माबोहाङ् लिम्बू

३ श्रावण, ताप्लेजुङ । ताप्लेजुङ तापेथोक गाविसको घैयाबारी भीरबाट लामाटार, जौबारी, र हेकुले क्षेत्रमा पहिरो झरेपछि सोत्लिमाकी २८ वर्षीया मनिता राई बेपत्ता भएकी छिन् । बेपत्ता मनिताको अवस्था अज्ञात छ ।

तापेथोक ८ सोत्लिम्मा निवासी २८ वर्षीया मनिता राई बेपत्ता छिन भने हराएकी भनिएकी चन्द्र मायालाई तापेथोक र लेलेप प्रहरी चौकीबाट असई प्रदिप राईको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले हिज मध्यान्न १२ बजे घटना स्थल पुगी उद्धार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि दुई दिनको पैदल दुरिमा रहेको लामाटार, जौबारी, र हेकुले क्षेत्रमा श्रावण १ गते बिहान पहिरो झरे लगत्तै श्रावण २ गते बिहान घटना स्थलमा प्रहरी र स्थानीय उद्धारका लागि खटिए पनि संचारको पहुँच नभएको कारण बेलुकी मात्र सम्पर्क भएका पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

पहिरो झरेको बेला मनिताकी श्रीमान छिमेकी गाविस लेलेपमा सामान किन्न गएका थिए भने, छोराछोरी मामाघर गएका थिए । सम्पर्क बिहिन मनिता घरमा एक्लै थिए ।

घटना स्थलका ७ घर परिवारका मानिस सुरक्षित रहेका छन् । पहिरो प्रभावित परिवारलाई खान, बस्नको खासै समस्या नभएको प्रजिअ पाण्डेले बताए । अहिलेसम्म बेपत्ता मनिताको अवस्था अज्ञात छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ