काठमाडौ ३ साउन ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनको आज बसेको बैठकले साउन महिना भरि अन्तरक्रियात्मक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्न सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline