पोलिटब्यूरो सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्षलाई

 पोलिटब्यूरो सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्षलाई

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमान्डौ, ३ साउन ।
नेकपा माओवादी केन्द्रले ६० जना पोलिटब्यूरो सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज विहान बसेको पार्टी हेडक्वाटर बैठकले यस्तो निर्णण गरेको हो ।

बैठकले पोलिटव्यूरो सदस्यमा रिक्त रहेका ७७ मध्ये ६० जना तत्काल मनोनित गर्ने निर्णय गरेको छ । जसका लागि सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष दाहाललाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

यो सँगै माओवादी केन्द्रिय कार्यलय ३३, सचिवालय ९९ र पोलिटब्युरो २ सय ९९ सदस्यीय हुनेछ । माओवादीले यसअघि नै एक हजार चार सय ९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ ।

यसअघि हिजोको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै केही नेताले आपत्ती जनाएका थिए । अध्यक्ष दाहालले पार्टीमा आन्तरिक रुपमा छलफल नै नगरी एकलौटी रुपमा गठबन्धन तोडेको उनीहरुको आरो थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ