विप्लव माओवादीले आज देशव्यापी रुपमा अन्तरक्रिया गर्दै

विप्लव माओवादीले आज देशव्यापी रुपमा अन्तरक्रिया गर्दै

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौं ३ साउन ।
सर्लाहीमा ठूलो संख्यामा रहेका सुकुम्बासीमाथि दमन गरिएको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले आज देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

माओवादीले आज काठमाडौ उपत्यका लगायत मुलुकका ७५ ओटै जिल्लामा सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पार्टी प्रवक्त खड्ग बहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।

यसअघि माओवादी हिजो उपत्यकामा चक्का जाम गरेको थियो । सुकुम्वासी माथि अलोकतान्त्रिक तरीकाले हस्तक्षेप गरिएको भन्दै माओवादीले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आगामी साउन १० गते नेपाल बन्दको अह्वान गरेको छ भने भोली जनप्रदर्शन, मानव अधिकारकर्मीहरुको परिचालन लगायतका कार्यक्रम रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ