काठमान्डौ, ३ साउन ।
सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक अहिले बसिरहेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा पार्टीको रिक्त सदस्य पदपूर्तिका विषयमा छलफल भइरहेको जनाएको छ ।
केन्द्रिय कार्यलयमा रिक्त १०, सचिवालयमा रिक्त १८ र पुलिटब्युरोमा रिक्त रहेको ७७ सदस्य नियुक्तिबारे आजको बैठकले निर्णय गर्ने पार्टी प्रवक्त पम्फा भूसालले जानकारी दिनुभयो ।
यो सँगै माओवादी केन्द्रिय कार्यलय ३३ सचिवालय ९९ र पोलिटब्युरो २ सय ९९ सदस्यीय हुनेछ । माओवादीले यसअघि नै एक हजार चार सय ९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ ।
यसअघि हिजोको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै केही नेताले आपत्ती जनाएका थिए । अध्यक्ष दाहालले पार्टीमा आन्तरिक रुपमा छलफल नै नगरी एकलौटी रुपमा गठबन्धन तोडेको उनीहरुको आरो थियो ।