सञ्चारकर्मी तथा गायक एसबी साउदको गीत “के रैछ माया “बजारमा

सञ्चारकर्मी तथा गायक एसबी साउदको गीत “के रैछ माया “बजारमा

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

साउन २ काठमाण्डौं ।
सन्चारकर्मी तथा गायक एस बि साउदले आफ्नै शब्द ,संगित तथा स्वरमा नयाँ गीत बजारमा ल्याएका छन् ।

हाँस्दा हास्दै रुनु पर्ने गीतमा स्वर दिएर स्रोतामाझ आएका नवोदित गायक साउद अहिले के रैछ माया ? बोलको गीत लिएर आएका हुन् ।

लोक आधुनिक प्रकारको उक्त गितमा उनले माया प्रेमलाई पृथक रुपमा प्रस्तुत गर्न खोजेका छन् । मिर्मिरे अनलाईसँगको कुराकानीमा गायक साउदले यो गितमा आफ्नै अनुभवलाई पनि समेटेको खुलासा गरे ।

अनामनगर स्थित सेवा रेकडिङ स्टुडियोमार्फ रेकर्ड सम्पन्न यो गित बजारमा आईसकेको छ । उनको यो गीतमा गायिका कला किराती, सञ्चारकर्मि कल्पना खनाल, आशा साउद, रञ्जित रसाईली र मुकारुङ मुस्कान राईको संयुक्त आवाज पनि सुन्न सकिनेछ ।

स्रोताले रुचाएमा यो गितको भिडियो बनाउने सोचमा रहेको बताउदै गायक साउदले अब छिट्दै गीती एल्बम ल्याउने जानकारी गराए ।
कैलाली टिकापुरमा बिक्रम संम्बत २०४७ सालमा जन्मिएका गायक साउद सुगम संगीतमा न‘या अभ्यासका साथ अघि बढिरहेका छन् । साउद सबै प्रकृतिका नेपाली गित सुन्न र गाउन रुचाउने बताउछन् ।

sb1

यस अघि कला किरातीको शब्द तथा भिषण मुकारुङको संगितमा रहेको हाँस्दा हाँस्दै रुनु पर्ने नामको गीतमा स्वर दिएका थिए ।

sb3

पत्रकारीता समेत गरीरहेका साउद पत्रकारीता र संगीत क्षेत्रलाई साथ साथै अगाडी बढाउने चाहना रहेको बताउछन् । साउदको सांगीतिक सफलताको लागि शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी