सरकारमा सहभागी मन्त्रिका लागी काग्रेसमा किचलो

सरकारमा सहभागी मन्त्रिका लागी काग्रेसमा किचलो

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ , २ साउन ।

नया सरकार गठनको प्रक्रिया सुरु नहुदै नेपाली काग्रेसभित्र मन्त्रालय भागबन्डाको किचलो सुरु भएको छ ।

कंग्रेस नेता रामचन्द्र पौडेल पक्षले नयाँ सरकारमा मन्त्री पठाउने लगायतका विषयमा निर्णय गर्न यथासिघ्र केन्द्रिय कार्यसमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

संस्थागत निर्णयबाट सरकारमा पठाउने व्यक्ति सिफारीस गर्नुपर्ने माग गर्दै नेता पौडेल सहित कोषाध्यक्ष सीतादेवी यादव, नेता रामशरण महत लगायतका नेताहरु बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

यस्तै पौडेल पक्षले केन्द्रिय समिति तथा विभागलाई छिटो पूर्णता दिन नेतृत्वको ध्यानाकर्षण गराएको थियो ।

भेटमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रम र त्यसको सामनाका लागि पार्टीको संस्थागत धारणा केन्द्रिय समिति बैठक मार्फत तय गर्ने विषयमा समेत छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ