सरकार गठनमा संबैधानिक जटिलता छैन् : कर्ण, विश्वकर्मा

सरकार गठनमा संबैधानिक जटिलता छैन् : कर्ण, विश्वकर्मा

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

भक्तपुर, २ साउन ।
सद्भावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले ओली सरकारको बहिरगमन पश्चात नयाँ सरकार गठनमा कुनै संबैधानिक जटिलता नरहेको बताउनु भएको छ ।

भत्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कर्णले लामो समयदेखि आन्दोलनमा उत्रिएको मधेसी मोर्चाको माग संबोधनका लागी प्रधानमन्त्री केपि ओलीले तदारुकता नदेखाएको आरोप समेत लगाउनु भयो ।

अब बन्ने माओबादी केन्द्र र काँग्रसको सरकारले आफ्ना मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले आफ्नो पार्टीले नया गठबन्धनलाई समर्थन गरेको भन्दै उहाले तर सरकारमा भने सामेल नहुने जनाएको छ ।

आफ्नो कमजोरी ढाकछोप गर्न छिमेकीलाई गालि गर्ने परम्पराकै कारण देशमा स्थाईत्व र शान्ति हुन नसकेको उहाको भनाई छ । आफुहरुले वर्तमान सरकारको नभएर ओली प्रबृतिको बिरोध गरेको भन्दै अध्यक्ष कर्णले अब बन्ने सरकारमा एमाललाई समेत सामेल गराए उचित हुने तर्क गर्नुभयो ।

13730707_1010484505714901_1898409701_oयस्तै ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद मिन बिश्वकर्माले बाहिर हल्ला गरिए जस्तो नयाँ सरकार गठनमा संबैधानिक जटिलता नरहेको बताउनु भयो ।

बिश्वकर्माले अविश्वासको प्रस्ताव सदनमा पेश भईसकेको अवस्थामा सरकार लम्ब्याउने खेलमा लाग्नु भन्दै ओलीले तत्काल पदबाट राजिनामा दिए एमालेको हितमा रहने धारणा राख्नुभयो । वर्तमान सरकारले सबै बिदेशीहरुसँगको कुटनीति सम्बन्ध बिग्रारेको आरोप समेत लगाउनु भयो ।

सन्चारकर्मीको जिज्ञासामा विश्वकर्माले नेपाली काँग्रेसको पदाधिकारी पूर्ति भातृसंगठनहरुको निवाचनसँगै हुने भन्दै उहाँले निर्वाचन पश्चात देखिएको राजनीतिक समस्याले ढिलाई भएको बताउनु भयो । चार भातृसंगठनहरुको अधिवेशन भदौ मसान्त भित्र भईसक्ने उहाँले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ