धरान ,२ साउन ।
स्वास्थ्य क्षेत्रमा भएको विकृतिलाई हटाउन पटक पटक अनसन बस्नुभएका प्रा.डा.. गोविन्द केसीको मागको सुनाइ गराउन दबाव स्वरुप धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले चरणवद्ध आन्दोलन शुरु गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरुले प्रत्येक विहान दिप प्रज्ज्वलित गर्नुका साथै ¥याली, कोणसभा लगायतका कार्यक्रमलाई निरन्तता दिएका छन् ।
प्रा.डा केसी अनसनमै बसेदेखि उनीहरु आन्दोलित भएका हुन् । हाम्रो भविष्य हाम्रै हातमा हामी सबैं प्रा.डा. गोविन्द केसीको साथमा भन्ने नाराका साथ आन्दोलनमा उत्रिएर चरणवद्ध आन्दोलनका घोषणा गरेका हुन् ।
उनीहरुले प्रा.डा. गोविन्द केसी ऐ्क्यवद्धता समूहको गठन गरी आन्दोलन शुरु गरेका हुन् ।
पटक पटक अनसनमा बसेका केसीलाई सरकारले वार्तामा बोलाउने अनि सहमति गर्ने र सहमति अनुरुप सरकारले माग पूरा नगरी झु्क्याउने गरेको प्रति उनीहरुले आपत्ति समेत जनाएका छन् ।
आन्दोलन अन्तर्गत दिप प्रज्वलन, ¥यालीको आयोजनासंगै आज देखि प्रतिष्ठानका कार्यरत सम्पूर्ण चिकित्सक हातमा कालो पटी बाधेर काम सुरु गरेको प्रा.डा गोविन्द केसी ऐ्क्यबद्धता समूहका संयोजक डा. अजितकुमार झाले बताउनुभयो ।