काठमाडौ २ साउन ।
सर्बोच्च अदालतमा सिफारिस गरिएका ११ जना न्यायाधिशको आजका लागि तोकिएको सुनुवाई स्थागित गरिएको छ ।
सुनुवाई समितिका सभापति कुलबहादुर गुरुङ अस्वास्थ हुनु भएपछि आजका लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको हो ।
सभापति गुरुङले अर्को सुचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिनुभएको छ । समिति सदस्य भानुभक्त ढाकालले सभापति गुरुङ बिरामी पर्नुभएकाले बैठक सारिएको जानकारी दिनुभयो ।
न्यायापरिष्दले गत फागुन १८ गते पनरावेदन अदालतका तर्फबाट ७ र कानुन व्यवसायीका तर्फबाट ४ जना गरी ११ जनालाई सर्बोच्च अदालतको स्थायी न्यायाधिशमा सिफारिस गरेको थिया ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline