दाहाल र देउवाले आज नयाँ सरकार गठनका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दै

दाहाल र देउवाले आज नयाँ सरकार गठनका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दै

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १ साउन ।
नयाँ सरकार गठनको तयारीमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आज कानुनविदहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

नयाँ सरकार गठनका विषयमा संवैधानिक व्यवस्थाबारे फरक फरक धारणा आएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा कानून विज्ञहरुसँग छलफल गर्न लाग्नु भएको हो ।

त्यसका लागि केहिबेरपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । कांग्रेस र माओवादीले सरकारविरुद्ध सदनमा पेश गरेको अविश्वासको प्रस्तावमाथि आगामी साउन ६ गतेबाट छलफल हुदैछ ।

तर, केही कानुन व्यवसायीहरुले नयाँ संविधान अनुसार वर्तमान सरकार हटाउन सकेपनि नयाँ गठन हुन नसक्ने दाबी गरेपछि दुई दल छलफलमा जुटेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ