काठमाडौ १ साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथितिविरुद्ध अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा र्याली सहित प्रदर्शन हुदैछ ।
डा. केसीको मागमा समर्थन तथा सांसदहरूलाई दबाब दिने उद्देश्यले आज बिहान ११ बजे माइतीघर मण्डलामा नागरिक प्रदर्शन आयोजना गरिएको हो ।
माइतीघरबाट सुरु हुने र्याली नयाँबानेश्वरस्थित संसद भवनसम्म पुग्नेछ । टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टर र एमबिबिएस विद्यार्थीको समर्थनपछि नागरिक स्तरबाट समेत ऐक्यबद्धता जनाउन प्रदर्शन हुन लागेको हो ।
विगतमा पनि डा. केसीको आन्दोलनमा सर्वसाधारणले स्वस्फुर्त समर्थन जनाउँदै आएका थिए । डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै उपत्यका बाहिर पनि प्रदर्शन हुन थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline