अविश्वास प्रस्तावको सामना गर्ने सरकारको निर्णय ,आदित्य प्रतिष्ठानलाई १ करोड दिने

अविश्वास प्रस्तावको सामना गर्ने सरकारको निर्णय ,आदित्य प्रतिष्ठानलाई १ करोड दिने

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,३१ असार ।

मन्त्रिपरिषदको बैठकले सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अहिलेको परिस्थितिको संवैधानिक व्यवस्थाअनुसार सामना गरेर अघि बढ्ने निर्णय गरेको सन्चारमन्त्री तथा सरकार प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज मन्त्रिपरिषद बैठक बसेको थियो ।

मन्त्रिपरिषद बैठकले आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । गुगल बोईका रुपमा परिचित आदित्य दाहालको संरक्षणका लागी भन्दै स्थापित प्रतिस्ठानलाई यति ठुलो रकम दिने निर्णय गरेको हो ।

यस्तै बैठकले लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । रिण असुली न्यायधिकरण सदस्यमा मानबहादुर अर्याल नियत्त भएका छन् ।

बैठकले बाँकेबाट लिएको चार भारतीयको नागरिकता खारेज गरेको छ भने नागरिकता दिनेमाथि छानविन गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ