माओवादी केन्द्रले पुरक विधेयकहरु पास हुन नदिने ?

माओवादी केन्द्रले पुरक विधेयकहरु पास हुन नदिने ?

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ,३१ असार । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको हेडक्वाटरको बैठकले यस्तो निर्णय हो ।

प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनैपनि विधेयक पारित गर्न नदिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।

बैठकमा सदनबारे पनि छलफल भएको उहाँले बताउनु भयो ।

यसैबीच अध्यक्ष दाहालले आज सरकारका उपप्रधानमन्त्री समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ ।

दाहाल निवासमा झण्डै ४५ मिनेट भएको भेटमा आफु नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुँदै अविश्वासको प्रस्तावमाथि समर्थन गर्न दाहालले आग्रह गर्नुभएको स्रोतको भनाई छ ।

सत्तारुढ दलहरुको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने बताएका गच्छदारले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पछिल्लो तीन दिन दुई पटक छलफल गरिसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ