विप्लव माओवादीद्धारा साउन १० गते नेपाल बन्दको घोषणा

विप्लव माओवादीद्धारा साउन १० गते नेपाल बन्दको घोषणा

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

असार ३१ काठमाण्डौं ।
सर्लाहीमा ठूलो संख्यामा रहेका सुकुम्बासीहरुमाथि दमन गरिएको भन्दै विप्लव माओवादीले साउन १० गते विरोध स्वरुप नेपाल बन्दको घोषणा गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ( प्रकाण्ड ) ले सुकुम्वासी माथि अलोकतान्त्रिक तरीकाले हस्तक्षेप गरिएको भन्दै यो तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिनु भयो ।

साउन २ गते चक्का जाम, ३ गते अन्तरक्रिया, ५ गते जनप्रदर्शन, मानवअधिकारकर्मीहरुको परिचालन लगायतका कार्यक्रम सहित बन्दको घोषणा गरिएको हो ।

असार २१ गते सर्लाहीको सारनाथ वन परियोजनको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुकुम्वासीको घर, सवारी साधन नष्ट पार्नुका साथै झडपमा २५ जना घाईते भएको सुकुम्वासीहरुले बताएका छन् ।

सो क्षेत्रमा ४ हजार घर परिवारको हाराहारीमा सुकुम्वासीहरु २०५० साल देखि बस्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ