सरकारलाई अविश्वासको प्रस्तावसँगै संबैधानिक जटिलता : नेतृ कोइराला

सरकारलाई अविश्वासको प्रस्तावसँगै संबैधानिक जटिलता : नेतृ कोइराला

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

भक्तपुर, ३१ असार ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संबैधानिक जटिलता रहेको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आज गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरि अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताउनु भयो ।

वर्तमान समयमा ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटर अगाडि बढ्नु पर्ने भन्दै उहाँले सहमतिको सरकार निर्माण नभए संबिधान कार्यान्वयनमा जटिलता देखा पर्नुका साथै सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का बेहोर्नु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेसमा सभापतिले केन्द्रिय कमिटिमा छलफल नगरी हरेक बिषयमा अगाडि बढ्दा त्यसले नेपाली काँग्रेसलाई नै क्षती पुग्ने भएकाले केन्द्रिय कमिटिसँगको परामर्शमा गर्दै अगाडि बढ्नु र अपुर्ण रहेको कमिटिलाई तत्काल पुरा गर्नु पर्ने उहाँले बताउनु भयो ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिए नेपालको बिश्वमै नकारात्मक छवी पर्ने भन्दै उहाँले भन्नु भयो चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्ने नेतृ कोइरालाले बताउनु भयो ।

नेपाल र भारतसँगका मैत्रिपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै चीनियाँ राष्ट्रपतिको भ्रमणलाई निश्चित गर्न जसको सरकार बनेता पनि अग्रसता देखाएर परिवर्तनको ढोका खोल्न सक्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न दुई तिहाई आवश्यक रहेकाले समेत सहमतिय सरकार नबने असम्भब रहने भन्दै उहाँले जायज मागको सम्बोधन गर्न सकिने भएता पनि संबिधान पूनर्लेखन असम्भव रहेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ