काठमाडौ ३१ असार ।
सत्ताबाट बाहिरिएको नेकपा माअोवादी केन्द्रको हेडक्वाटर बैठक अहिले बसिरहेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा सरकार बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन जुटाउने सम्बन्धमा आगामी रणनीतिबारे छलफल भईरहेको बताइएको छ ।
नेपाली कांग्रेसले अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रुपमा स्विकार गरेपछि सत्ता समिकरणको जोड घटाउन मिलाउन माओवादी केन्द्रको बैठक बसेको हो । वर्तमान सरकारलाई विस्थापित गर्न कांग्रेस माओवादीलाई २ सय ९८ मत आवश्यक छ ।
यस्तै बैठकमा आगामी आर्थिक बर्षको बजेट पारित गर्न दिने नदिने बिषयमा समेत छलफल भईरहेको एक नेताले जानकारी दिए । आफै सहभागी सरकारले ल्याएको बजेट पारित गर्न दिनु पर्ने भन्दै केही नेताले बजेटसँग सम्बन्धित केही विधेयकलाई रोक्न नहुने तर्क गरेका छन् ।