व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ३१ असार ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा बजेटसँग सम्बन्धित बाँकी रहेका विधेयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

गत बुधबार नै बाँकी विधेयक पारित गर्ने कार्यसुची रहेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेपछि बैठक एजेन्डमा प्रवेश नगरी आजका लागि सारिएको थियो ।

संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने पारित हुन बाँकी छ ।

सरकरले आर्थिक वर्ष सुरु हुनु आगवै बजेट पारित गर्नेगरी बजेट संसदमा प्रस्तुत गरेपनि आजपनि बजेटसँग सम्बन्धित विधेयक पारित हुने सम्भावना कम छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस र माअ‍ोवादी केन्द्रले प्रधानमन्त्रीबाट राजिनामा नआएसम्म बाँकी विधेयक पारित हुन नदिने बताउदै आएका छन् ।

आजपनि प्रधानमन्त्रीबाट राजिनामा नआए आजबाट अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजान सभामुखको ध्यानाकर्षण गराइने कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ