अविश्वासको प्रस्तावको सामना गर्ने नेकपा एमालेकोे निर्णय

अविश्वासको प्रस्तावको सामना गर्ने नेकपा एमालेकोे निर्णय

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमामण्डौ, ३० असार ।

नेकपा एमालेले नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।

नया‘ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको एमाले नेता शेरधन राईले जानकारी दिनुभयो ।

बैठकले माओवादीले चालेको कदम दुर्भाग्यपूर्ण भएको निष्कर्षसहित देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोप समेत लगाएको छ ।

बैठकमा संविधानको मर्म र भावना अनुसार अघि बढ्ने निर्णय भएको राईले बताउनुभयो । बैठकमा एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको समयमा माओवादी केन्द्रले सरकारलाई धोका दिएर सहकार्य तोडेको टिप्पणी गर्नुभएको थियो ।

ओलीले पछिल्ला दुई दिनमा विकसित घटनाको बारेमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ